गोरखा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको जिल्ला जनपरिषद प्रमुख विष्णुप्रसाद रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।
गण्डकी गाउँपालिका–८ घ्याल्चोक घर भएका रिजाललाई सोही ठाउँबाट सोमबार नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी भोला रावलले बताए । ६५ वर्षीय रिजाल जिल्लामा केही समयअघि एनसेल टावरमा भएको आगजनीको घटनामा संलग्न भएको आशंका गरिएको छ । जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको रावलले जानकारी दिए ।


