नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि, योगेश भट्टराईंले यसो भने

Halesi

काठमाडौं । नेकपाका युवा नेता योगेश भट्टराईले नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आज सोमबार घोषणा गरिएको नेकपाका ७७ वटा जिल्ला कमिटिका अध्यक्ष र सचिवको छनोटमा स्पष्ट मापदण्ड नअपनाइएको भन्दै गुटका आधारमा नेतृत्व चयन गरिएको बताए ।

उनले भने, जिल्ला कमिटी घोषणा गर्नु सकारात्मक र स्वागतयोग्य कुरा हो । तर, त्यसमा अपनाइएको विधि र प्रकृया गलत भयो । गुटगत स्वार्थ हाबी भएको देखियो। एकता प्रक्रियामा ढिलाइ भइरहेका बेला कमसेकम जिल्ला तहले नेतृत्व पाएको छ । यसको स्वागत गर्नुपर्छ तर प्रकृया चित्तबुझ्दो भएन। उनले सचिवालयको त्यही निर्णय स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीबाट अनुमोदन गरेर गएको भए संगठनात्मक पद्धति नमिचिने भन्दै आगामी दिनमा नेताहरुलाई त्यसतर्फ ध्यान दिन सुझाव समेत दिए ।

तपाईको प्रतिक्रिया