काँग्रेसले राजतन्त्र फर्काउने सपना देखेको देख्दा विचित्र लाग्छ – प्रधानमन्त्री ओली

Halesi

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउन सपना देखेको देख्दा विचित्र आफुलाई विचित्र लागेको बताएका छन् ।पार्टी स्थापनाको ७० औं बर्षगाठ मनाउन तथा पार्टी एकता प्रकृयाबारे केही निर्णय सुनाउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले काँग्रेस पार्टी प्रगतिशिल शक्ति सिध्याउन प्रतिगामी शक्तिसँग मिलेको बताएका हुन् ।

कांग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक शक्तिसँग एकता गर्नुपर्छ, ओलीले भने, अचम्म लाग्छ आज कांग्रेस कहाँ पुग्यो रु कांग्रेसका धेरै नेताहरू राजतन्त्र फर्काउने सपना देखेर हिँडेको देख्दा विचित्र लाग्छ,’ उनले भने, ‘सैद्धान्तिक रूपमा कुनै पनि लोकतन्त्रवादी जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तको पक्षमा हुँदैनन् ।

प्रधानमन्त्री ओलीले भने, लोकतान्त्रिक भन्ने पार्टीले आफ्नो व्यवहार लोकतान्त्रिक नदेखाउने हो भने त्यो शव्द हटाउँदा हुन्छ ।उनले राष्ट्रियताका पक्षमा जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने भन्दै राष्ट्रिय एकताका पक्ष मजबुत बनाउन विभिन्न समुहहरुलाई मुल धारमा ल्याएको र पृथकतावाद समाप्त भएको बताए ।

तपाईको प्रतिक्रिया