एजेन्सी । अमेरिकामा एक छोराले बुवासँग क्षतिपूर्ति मागेको अनौठो घटना सार्वजनिक भएको छ । मिशिगनमा बस्ने एक व्यक्तिले आफ्ना मातापितासँग लगभग १ करोड रुपैयाँ क्षतिपूर्ति लिनका लागि मुद्दा दायर गरेका छन् । मातापिताले उसको महंगो पोर्न संकलन नष्ट गरिदिएका थिए ।
छोरा घरबाहिर हुँदा आमाबुवाले संकलन नै नष्ट गरिदिएका रहेछन् । उक्त व्यक्तिको नाम सार्वजनिक भएको छैन तर उसले अदालतलाई आफ्नो संकलन मूल्यवान रहेको बतायो । पिताले भने छोराको मानसिक अवस्थामा प्रश्न उठाएका छन् । उनले भने, एक समयमा तिमीले यी कुरा बुझ्नेछौ ।
छोराले आफूसँगको संकलन लगभग ३५ लाख रुपैयाँ बराबरको भएको दाबी गरेका छन् । उनले १२ वटा बाकसमा उक्त संकलन गरेका थिए ।पिताले पोर्नको ठाउँमा कोकिन भएको भए पनि त्यसैगरी नष्ट गर्ने थिएँ भने ।छोराले भने, तपाईंलाई मेरो सामान मन परेको थिएन भने भन्द्या भए हुन्थ्यो । मैले सामान अन्तै लग्थें तर तपाईंले मसँग प्रतिशोध लिनका लागि नष्ट गरिदिनुभयो ।
एजेन्सी


