एजेन्सी । धेरै दबाबमा काम गर्दा स्वास्थ्यमा असर गर्छ भन्ने गरिन्छ । धेरै दबाब सहन नसकेर मानसिक समस्या नै आउन सक्छ भनिन्छ । तर एक अध्ययनले दबाबमा काम गर्दा शारीरिक र मानसिक फाइदा हुने बताएको छ ।
लन्डन विश्वविद्यालयले गरेको अध्ययन अनुसार बढि दबाबमा काम गर्ने मान्छेलाई छिटो काम गर्ने बानी हुने र आन्तरिक गुणको विकास हुने देखिएको हो । बढि प्रेसरमा काम गर्ने व्यक्तिले समस्याको समाधान पनि छिटो निकाल्ने गरेको अध्ययनमा पाइएको छ ।
यस्ता मान्छेले परिआए जोखिम पनि मोल्न पछाडि नहट्ने देखिएको छ । बिजनेस स्कूलका एक हजार विद्यार्थीमाथि यो अध्ययन गरिएको थियो । उनीहरूलाई एक समय तय गरेर काम गर्न दिइएको थियो । अनुसन्धानकर्ताहरूले दबाबमा काम गर्नु मानव स्वास्थ्यका लागि लाभदायक रहेको बताए ।


