काठमाडौं । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा बस्दै आएकी २९ वर्षीया रिना बस्नेतको शनिबार बिहान डेरा अगाडी विभत्स अवस्थामा शब फेला परेको छ ।
प्रहरीका अनुसार १४ वर्षीय छोराको साथमा बस्दै आए की रिना शुक्रबार साँझ कन्सर्ट हेर्न भनेर कोठाबाट निस्किएकी थिइन् । बिहान मर्निङ वाक गर्नेले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शब निवस्त्र अवस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।
कस्मेटिक पसल समेत गर्दै आएकी रिनाका श्रीमान वैदेशिक रोजगारीमा छन् । उनको कोठावाट केही मदिराको बोत्तल समेत फेला परेको प्रहरीले जनाएको छ ।
निवस्त्र शब भेटिएकाले बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । तर, अहिलेसम्म घटनामा संलग्न कोही पक्राउ परेका छैनन् । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।


