विप्लव समुहका जिल्ला नेता पक्राउ

Halesi

नवलपरासी । पश्चिम नवलपरासीबाट विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता रमेश बस्याल पक्राउ परेका छन् । आइतबार बस्याललाई इलाका प्रहरी कार्यालय बर्दघाटले पक्राउ गरेको हो । उनलाई पक्राउ लगत्तै जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा पठाइएको छ ।

बस्याललाई दिउँसो १ बजे आफ्नै निवास बर्दघाट नगरपालिका ४ आनन्द नगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए। विप्लव नेकपामा सक्रिय भएर गतिविधि संचालन गरेको भन्दै बस्याललाई पक्राउ गरिएको प्रहरीले बताएको छ। बस्याल पूर्व विद्यार्थी नेता समेत हुन् ।

तपाईको प्रतिक्रिया