बारा र पर्साका हावाहुरी पीडितलाई खोटाङको सहयोग संकलन

Halesi

खोटाङ, ३० चैत ः बारा र पर्साका हावाहुरीबाट पीडित स्थानीयको सहयोगार्थ खोटाङमा राहत संकलन गरिएको छ । गत चैत्र १७ गते गएको हावाहुरीबाट ज्यान गुमाएका तथा विस्थापित बनेका परिवारका सहयोगार्थ अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तीकारी)ले दिक्तेलमा राहत संकलन गरेको हो ।

टोर्नाडो नामको हावाहुरी पीडितका सहयोगका लागि राहत संकलन गरिएको अखिल नेपाल महिला संघकी अध्यक्ष मनिषा राईले बताउनुभयो । विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त भएको २७ हजार २ सय ७१ रुपैयाँ राहत अखिल नेपाल महिला संघ केन्द्रीय कमिटिमार्फत पीडितका नाममा पठाइएको छ ।

तपाईको प्रतिक्रिया