साफ महिला फुटबलः भुटानविरुद्ध नेपालको सहज जित

Halesi

विराटनगर। विराटनगरमा मंगलबार सुरु महिला साफ च्याम्पियन्यसिप फुटबल प्रतियोगितामा नेपालले भुटानविरुद्ध ३(० गोलको सहज जित दर्ता गराएको छ। उद्घाटन खेलमा नेपालले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा १ गोल गर्न सफल भयो । विराटनगरको सहिद रंगशालामा भइरहेको उद्घाटन खेलमा नेपालका लागि १३ औँ मिनेटमा मञ्जलीकुमारी योञ्जनले पहिलो गोल गर्दै अग्रता दिलाउन सफल भएकी थिइन् ।

त्यसको तीन मिनेट नबित्दै नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारीले गोल गरेपछि नेपालले २-० को अग्रता बनाउन सफल भयो । हरि खड्काको प्रशिक्षणमा भुटानविरुद्ध उत्रिएको नेपालले केही राम्रा अवसर भने आवश्यक तालमेलको अभावमा खेर फालेको थियो । नौ वर्ष अघिबाट सुरु भएको साफमा हालसम्म नेपालले तीनपटक उपविजेतामा चित्त बुझाएको छ। भारतले चारैपटक उपाधि हात पारेको छ। समूह ‘ए’मा नेपाल, भुटान र बंगलादेश छन्। ‘बी’मा श्रीलंका, माल्दिभ्स र भारत छन्।

तपाईको प्रतिक्रिया