काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले एक वर्षमा गरेका कामप्रति असन्तुष्टि जनाउँदै सत्तापक्षकै नेताहरु प्रतिपक्षीको भूमिकामा देखिएका छन् ।सत्तापक्षका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई यस्तो भूमिकामा देखिएका हुन् । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।
पार्टी स्थायी कमिटी सदस्य रावलले युनिभर्सल पिस फेडेरेसन ९युपिएस० को आयोजनामा सम्पन्न एसिया प्यासिफिक समिटमा सरकार र पार्टी नेताहरुको सहभागिताप्रति असन्तुष्टि प्रकट गरेका थिए । त्यस्तै पार्टी स्थायी कमिटी सदस्य भट्टराई दिगम्बर झाको नियुक्ति, मुस्लिम आयोगका अध्यक्षमा प्रस्तावित समीम मियाँ अन्सारी नियुक्ति प्रकरणमा पनि असन्तुष्ट देखिएका थिए । उनको भूमिका सत्तापक्षको नभई प्रतिपक्षको जस्तो छ ।
रावलले ‘होली वाइन’ ग्रहणदेखि सिके राउतसँगको सम्झौतालाइइ निरन्तर विरोध गरिरहेका छन् । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि युनिभर्सल पिस फेडेरेसनको कार्यक्रमलाई लिएर सरकार र नेताहरुको आलोचना गरेका थिए ।


