संसरको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकप्रति अब मानिसहरुको मोह भंग हुन थालेको छ । यसको ताजा प्रमाण एक रिपोर्टले गरेको अनुसन्धानले बताउँदछ । रिपोर्टका अनुसार पछिल्ला दुई वर्षमा १५ मिलियन अर्थात १.५ करोड मानिसले फेसबुकलाई बाईबाई गरेका छन् । यो आँकडा मात्र अमेरिकाको हो । अर्को अर्थमा भन्दा यो सन् २०१७ भन्दा पछि १.५ करोड प्रयोगकर्ताले फेसबुक छोडेका हुन् ।
अमेरिकाको मार्केट रिसर्च कम्पनी इडिसन रिसर्चले आफ्नो पछिल्लो रिपोर्टमा यो तथ्यांङ सार्वजनिक गरेको हो । रिपोर्टका अनुसार अमेरिकामा १२–३४ वर्ष समुहका प्रयोगकर्ताहरुमा फेसबुकप्रति वितृष्णा पैदा हुन थालेको छ । यसमा ध्यान दिनुपर्ने कुरा यो छ कि, फेसबुकबाट सबैभन्दा धेरै प्रयोगकर्ता यसै उमेर समुहका रहने गरेका छन् । इडिसनले आफ्नो रिपोर्टमा पछिल्लो दुई वर्षमा फेसबुकप्रति गोपनियतालाई लिएर धेरै पटक बबाल हुने गरेको छ ।
क्याम्ब्रिज एनालिटिका डाटा स्क्यान्डलको अतिरिक्त कतिपय तेस्रो पक्ष एपका लागि पनि प्रयोगकर्ताका निजी डाटा साझा गर्ने जस्तो आरोप पनि फेसबुकलाई लाग्ने गरेको छ । यस पश्चात प्रयोगकर्ता फेसबुकबाट भाग्न थालेका रिपोर्टको दाबी छ ।सोही रिपोर्टले यो पनि भनेको छ कि युवाहरु घटे पनि प्रौढहरु भने फेसबुकप्रति आकर्षित भइरहेका छन् ।
यो रिपोर्टले एक चाख लाग्दो कुरा पनि सार्वजनिक गरेको छ । त्यो के हो भने जो मानिस फेसबुक त्यागिरहेका छन्, उनीहरु फेसबुककै स्वामित्वमा रहेको अर्को सामाजिक सञ्जाल इन्स्ट्राग्रामको प्रयोग तर्फ लागिरहेका छन् । संसारमा इन्स्टाग्रामका सक्रिय प्रयोगकर्ताको संख्या ४०० मिलियन अर्थात ४० करोड छ भने कूल प्रयोगकर्ताको संख्या १ अरब पुगेको छ ।


