काठमाडौ । शनिबार निधन भएका पूर्वउपप्रधान तथा नेता भरतमोहन अधिकारीले निधन हुनुभन्दा अघि प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेतालाई पारिवारिक सदस्यमार्फत एक सन्देश छाडेका छन्
अधिकारीका सम्धी कृष्ण आचार्यका अनुसार उनले नेकपा नेतृत्वलाई आपसी विवादमा नअल्झी मुलुक समृद्ध बनाउन सक्रिय हुन सुझाव दिएका थिए । अधिकारीले जनताको अपार मतको ख्याल गरेर काम गरेर अघि बढ्न् भनी सन्देश दिएका थिए । पुर्व अर्थमन्त्रीसमेत रहेका अधिकारीले जनताले अपार मत दिएर वर्तमान सरकार र पार्टी लाई अपूर्व अवसर दिएका छन् ।यो अवसर आपसी विवादमा नलागी समृद्ध नेपाल बनाउन एकबद्ध हुनुहोस अन्यथा ठूलो पछताउमा पर्ने छौं भन्ने मेरो सन्देश दिएका थिए


