खोटाङ्ग, १६ फागुन । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । बुधबार ताप्लेजुङको तारेभीरमा मन्त्रीअधिकारी सवार हेलिकोप्टर पहाडमा ठोक्कियो । देशले युवा मन्त्री गुमायो । पार्टीले भविष्यको प्रधानमन्त्रीका दाबेदार एक जना सक्रिय युवा नेता गुमायो । परिवारले एक योग्य राष्ट्रसेवक सदस्य गुमाए ।
आँखामा राख्दा पनि नबिझाउने मन्त्री अधिकारीले सबैका आँखामा आँशु दिएर गए । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै जना मन्त्रीले परिवारका सदस्यलाई भेटेर सान्त्वना दिए । सान्त्वना दिँदै प्रधानमन्त्रीले भने, ‘यो घटना सुनेर म आफैंलाई पनि सम्हालिन गाह्रो परिरेहेको छ ।’
प्रधानमन्त्रीलाई देशको आशालाग्दो युवा नेता गुमाउँदाको पीडा छुट्टै छ । साथै आफ्नो मन्त्रिमण्डलले एक योग्य सक्षम मन्त्री गुमाएको पीडा उनीसँग छुट्टै छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सबै नेताहरुले मन्त्री अधिकारी विपक्षी दलको नेता मात्र नभएर हाम्रो पनि एक असल साथी थिए भने । सबैका प्रीय नेताले आज सबैलाई रुवाएर गए ।
विद्यार्थी आन्दोलनबाटै नजिकिएका नेकपा सांसद विशाल भट्टराईले पनि देशले एक योग्य सक्षम एवं आँटिलो युवा नेता गुमाएको प्रतिक्रिया दिए । हटलाइनखबरसँग कुरा गर्दै सांसद भट्टराईले मन्त्री अधिकारीलाई फागुन २५ गते खोटाङ ल्याउने अन्तिम बाचा पूरा नभएको भन्दै दुःख व्यक्त गरे ।
सांसद भट्टराईको ननजरमा कस्ता थिए त पर्यटनमन्त्री रवीन्द्र अधिकारी
उहाँसँग देश बनाउने एउटा अठोट, उत्शाह थियो । काम गरेर देखाउनुपर्छ भन्ने अआत्मविश्वास थियो । उहाँले म माथि लागेका आरोप समयसँगै कामले खण्डन गर्छु म बोलेर खण्डन गर्न चाहन्न । यो सत्य होइन । हाम्रो देशमा काम गर्ने मान्छेलाई यस्तै आरोप लगाउने गरिन्छ ।
हामीलाई मिडियाले पनि खेदो गर्छन् । तर, पनि काम गरेरै छोड्छु भन्ने उहाँको एकदमै ठुलो आत्मविश्वास थियो ।
उहाँसँग विद्यार्थी संगठनमा हुँदा र विकास समितिमा बस्दा होस या अन्य कुनै पनि ठाउँमा, जहाँजहाँ जिम्मा पाउनु भयो उहाँले काम गरेरै देखाउनु भएको छ । उहाँ काम गरेर देखाउन सक्ने मान्छे हो । उहाँले आफ्नो मन्त्रालयमा सबैभन्दा राम्रो काम गर्नु भएको थियो ।
प्रचारवाजीले यो वाइडबडी प्रकरणमा अलिकती उहाँ मुछिनु भएको हो । अन्र्तराष्ट्रिय विमानस्थललाई सुधार गर्ने देखि लिएर लुम्बिनी, पोखरा, निजगढ विमानस्थल बनाउन धेरै ठुलो योगदान गर्नुभएको थियो । नचलेका ठाउँका एयरपोर्ट चलाउन, बनाउन यी काम उहाँले गर्नुभयो । पर्यटनभ्रमण वर्ष २०२० लाई सफल बनाउन सम्पूर्ण तयारीमा उहाँ लागिरहनु भएको थियो । त्यसकारण उहाँ जे जिम्मा पाउनुहुन्छ त्यो जसरी पनि पूरा गर्नै स्वभाव उहाँमा थियो ।
मैले उहाँलाई फागुन २५ गते दिक्तेलमा एउटा सांगितिक प्रतियोगिताको कार्यक्रममा लान खोजेको थिएँ । २५ गतेको कार्यक्रममा जानुपर्छ है भनेको थिएँ । उहाँले पनि हुन्छ भन्नुभएको थियो ।
साथै उहाँलाई लगेर हलेसीको गुरुयोजना बनाउने, हलेसीलाई पर्यटनक्षेत्रको रुपमा विकास गर्ने भन्ने उहाँ र मेरो एदमै राम्रो सल्लाह थियो । लामिडाँडाको निर्माणधिन विमानस्थल कम्प्लिट गर्ने । दुई महिनामा सकिँदैछ । त्यो पनि उद्घाटन गर्न जाने भन्ने सल्लाह भएको थियो । तर, पूरा हुन पाएन ।
मन्त्रि अधिकारीले गरेको अन्तिम सम्बोधन
https://www.facebook.com/shikhar.khatiwada.10/videos/2241085896145560/


