खोटाङ्गमा भारीमात्रमा हिउ पर्यो, सदरमुकाम दिक्तेल देखि देखिएको केहि दृष्य तस्बिरमा

Halesi

खोटाङको उच्च लेकाली क्षेत्रमा भारी मात्रामा हिउँ परेको छ । बिहीबार बिहान पानी सँगै हिउँ परेपछि जनजीवन प्रभावित भएको छ । दिक्तेलको मुढे, रुपाकोट, नुनथला, नेर्पा, चिउरीडाँडा, टेम्केडाँडा लगायतका स्थानमा भारीमात्रामा हिउँ परेको छ । हिउँ परेपछि स्थानीयहरु हिउँ खेल्न उत्साहित बनेका छन् । आजको दिन सार्वजनिक विदा समेत परेको हुँदा कर्मचारी, विद्यार्थी तथा दिक्तेलबजारबासीहरु मुढे, रुपाकोट क्षेत्रमा हिउँ खेल्न तम्सिएका छन् । सदरमुकाम दिक्तेलदेखि देखिएको हिउँको केही दृश्यहरु हामीले क्यामेरामा कैद गरेका छौं ।

तपाईको प्रतिक्रिया