मनाङमा हिमपातले घर भत्कियो

Halesi

पोखरा। मनाङको राति डिस्याङ गाउँपालिका–४ मा आइतबार भएको हिमपातले दुईतले घर भत्केर पूर्ण रुपले क्षति भएको छ ।

स्थानीयवासी क्यू छिरिङ गुरुङको ढुङ्गा माटोले बनेको टिनको छानो भएको सो घर भत्केको गण्डकी प्रहरी प्रदेशको कार्यालय, पोखराले जनाएको छ । घरधनी काठमाडौँ गएका र सो घरमा कोही नभएका कारण मानवीय क्षति नभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया