ratहामीमध्ये कतिपयले सुन्दर बन्ने नाममा बजारमा जथाभावी पाइने सामग्री प्रयोग गरिरहेका हुन्छौँ । विज्ञको सल्लाह नलिई प्रयोग गरिएका यस्ता पदार्थले कहिलेकाहीँ हाम्रो छालाको सुन्दरतामा असर पारिरहेको हुन्छ । घरमै उत्पादित सामग्रीले पनि स्किन केयरमा सघाउ पु¥याउँछ भन्ने धेरैलाई थाहा नहुन सक्छ । यसर्थ, जान्नुहोस्, घरमै बसेर छाला स्याहार गर्ने टिप्स स्
-सबैभन्दा पहिले त ताजा फलफूल, सागसब्जी तथा जुस खाने बानी गर्नुहोस् ।
-थोरै कागतीको रस, जैतुनको तेल, अन्डा मिसाएर अनुहारमा लगाउनुहोस् । पाँच मिनेटपछि सफा पानीले यसलाई धुनुहोस् । तर, यो सामान्य छालाका लागि मात्रै लागू हुन्छ ।
-रातो टमाटरको पेस्ट तयार गर्नुस् । त्यसमा एक चम्चा कागतीको रस र अरू एक चम्चा
जौको पिठो मिसाएर अनुहारमा लगाउनुहोस् । सुकेपछि धुनुहोस् ।
-एक कप ब्राउन सुगर एक चम्चा दूधमा मिलाउनुहोस् । त्यसलाई अनुहारमा लगाएर पाँच मिनेटसम्म राख्नुहोस् । त्यसपछि मनतातो
पानीले धुनुहोस् ।
-पेस्ट बनाएको स्याउमा एक चम्चा मह हल्का तातो बनाएर राख्नुहोस् र त्यसलाई अनुहारमा लगाउनुहोस् । त्यो पेस्ट सुकेपछि अनुहारलाई सफा गर्नुहोस् ।
-नुहाउने पानीमा दुई कप दूध मिसाउनुहोस् । दूधमा रहेको फ्याट ल्याक्टिक एसिडले छालालाई
नरम बनाउँछ ।
-नुहाउने पानीमा दुई चम्चा ओलिभ आयल हालेर नुहाउँदा छालाको सुक्खापनबाट मुक्ति मिल्छ ।
-नरिवल तथा सनफ्लावरको तेलमा पनि नेचुरल फ्याटी एसिड हुन्छ । यसले छालालाई मोस्चराइज गर्न सहयोग गर्छ ।
नयाँपत्रिकाबाट
जाडोमा छाला स्याहार्ने सजिलो घरेलु उपाय
Halesi
तपाईको प्रतिक्रिया
- १. मासुमा आत्मनिर्भर बनाउन किसानलाई उन्नत जातका बङ्गुरको पाठा–पाठी वितरण
- २. जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत
- ३. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- ४. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ५. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ६. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा


