काठमाडौँ। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले किसान, उपभोक्ता र उद्योगी सबैको हितमा सरकारले काम गरिरहेको बताउनुभएको छ ।
सङ्घीय संसद्, राष्ट्रियसभाको आजको वैठकमा सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफमा मन्त्री यादवले उपभोक्ताको हितमा पारित भएका कानूनको कार्यान्वयनमा सरकारले जोड दिएका बारेमा सदनलाई जानकारी दिनुभयो । उहाँले विगतमा बजारमा सरकारको उपस्थिति अनुभव गर्न सकिने अवस्था नरहेको र अहिले बजारमा सरकार छ भन्ने अनुभूति जनतालाई गराइरहेको स्पष्ट पार्नुभयो । उहाँले निरन्तर बजार अनुगमन भइरहेको उल्लेख गर्नुभयो ।
मन्त्री यादवले भन्नुभयो, “सरकार बजार व्यवस्थित गर्ने प्रक्रियामा छ, प्रभावकारी बनाउन निरन्तर बजार अनुगमन गरिरहेका छौँ ।” उहाँले सरकार आफैँले सबै उद्योग चलाउने पक्षमा नरस्या सुल्झाउन प्रयासरत भएको बताउनुभयो । बैठकमा सांसदहरुले उखुको मूल्य नतोकिँहेको प्रस्ट पार्दै उखु किसानको पक्षमा अझै पनि धेरै काम गर्नुपर्ने र किसानको समदा किसान मर्कामा परेको र खरीद गरेका उद्योगले भुक्तानी नदिँदा किसान अप्ठेरोमा परेकाले मन्त्रीको जवाफ मागेका थिए ।


