पत्रकार दियालीमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण

Halesi

काठमाडौँ। नेपाल पत्रकार महासङ्घले सर्लाही शाखाका सदस्य एवं सामुदायिक रेडियो सर्लाहीका स्टेशन म्यानेजर सोम दियालीमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज विज्ञप्ति जारी गर्दै महासङ्घले पत्रकार दियालीलाई आज बिहान ११ बजे फोन गरेर बोलाएर हरिवन नगरपालिका–९ स्थित सुखेपोखरीमा एक समूहले साङ्घातिक आक्रमण गरेका थिए ।

आक्रमणबाट गम्भीर घाइते भएका पत्रकार दियालीको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ । महासङ्घ पत्रकार दियालीमाथि भएको यो साङ्घातिक आक्रमणको कडा भत्र्सना गर्दै घटनामा संलग्न समूहको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन स्थानीय प्रशासनसँग माग गरेको छ ।

तपाईको प्रतिक्रिया