खोटाङ, सूचना तथा प्रशारण विभागका महानिर्देशक बालकृष्ण घिमिरेले व्यवसायिक योजनाबिना सञ्चार माध्यम खोल्ने होड चलेको बताउनुभएको छ । दुर्गम जिल्लामा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि तालिम समापन कार्यक्रमलाई सोमबार सम्बोधन गर्नुहुँदै महानिर्देशक घिमिरेले व्यवसायिक योजना बनाएर भन्दा पनि रहर, लहर र ‘आइडोलोजी’का आधारमा सञ्चार माध्यम खोल्ने तिव्रताले सञ्चालनको केही समयमै बन्द हुने अवस्थामा पुग्ने गरेको महानिर्देशक घिमिरेले बताउनुभयो ।
नेपाली पत्रकारितामा अस्वस्थ प्रतिष्पर्धा र ‘हुवहु’को समस्या बढी देखिएको महानिर्देशक घिमिरेले बताउनुभयो । पत्रकार बीमा कार्यक्रममा कम पत्रकारको सहभागिता रहेको जानकारी गराउँदै उहाँले क्रियाशील सबै पत्रकारलाई बीमा गर्न आव्हान गर्नुभयो ।
जिल्लामा क्रियाशील पत्रकारको क्षमता अभिवृद्धिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रशारण विभागले खोटाङमा तीन दिने तालिम सञ्चालन गरेको थियो । दुर्गम जिल्लामा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुसार विभागले नेपाल पत्रकार महासङ्घ जिल्ला शाखासँगको सहकार्यमा तालिम सञ्चालन गरेको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा शनिबारबाट शुरु गरिएको तालिम सोमबार सम्पन्न भएको छ । मुलुकभरका तीन जिल्लामा सञ्चालन गरिने कार्यक्रम खोटाङबाट शुरु गरिएको सूचना तथा प्रशारण विभागका महानिर्देशक घिमिरेले बताउनुभयो ।
राष्ट्रिय सञ्चार माध्यम बाहेक जिल्लाका स्थानीय दुई वटा एफएम, चार वटा साप्ताहिक, दुई वटा दैनिक, एक वटा पाक्षिक, छ वटा अनलाईनमा कार्यरत २० पत्रकारलाई सहभागी गराएर सञ्चालन गरिएको तालिम जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले उद्घाटन गर्नुभएको थियो । जिल्लाका पत्रकारलाई सहभागी गराएर दिइएको तालिमको सहजीकरण डा. विजय मिश्रले गर्नुभएको थियो ।
व्यवसायिक योजनाबिना सञ्चार माध्यम खोल्नु ठीक हैन ः महानिर्देशक घिमिरे
Halesi
तपाईको प्रतिक्रिया
- १. मासुमा आत्मनिर्भर बनाउन किसानलाई उन्नत जातका बङ्गुरको पाठा–पाठी वितरण
- २. जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत
- ३. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- ४. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ५. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ६. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा


