डा केसीको माग विधेयकमा प्रतिबिम्बित – शिक्षामन्त्री

Halesi

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीसँग भएका सम्झौता सरकारले लागू गरेको बताउनुभएको छ ।

नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घको छैटौँ राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रधानमन्त्रीको अग्रसरतामा डा केसीसँग भएका सहमतिलाई मूलभूतरूपमा विधेयकमा समेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब सैद्धान्तिक कुरा गरेर हैन, चिकित्सा क्षेत्रको सुधारका लागि आयोग बनाएर काम गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछु ।”

मन्त्री पोखरेलले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्न प्राविधिक शिक्षामा जोड दिँदै नेपाल संस्कृत विश्व विद्यालयले पूर्वीय दर्शन, संस्कृति र वाङ्मयभित्र रहेको ज्ञानलाई आधुनिकतासँग जोडेर जडीबुटी–आयुर्वेद–योग र प्राकृतिक चिकित्साविज्ञानलाई अघि बढाउनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया