भेनेजुयलाकोको विषयमा अतिरञ्जित तवरले तोडमोड गरिएकामा अध्यक्ष प्रचण्डको सचिवालयको ध्यानाकर्षण

Halesi

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भेनेजुयलाको राजनीतिक सङ्कटको विषयलाई लिएर अतिरञ्जित तवरले तोडमोड गरिएकामा ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष दाहालको सचिवालयले आज विज्ञप्तिमार्फत पार्टी अध्यक्ष र नेपाल सरकारद्वारा जारी वक्तव्य नै आधिकारिक भएको स्पष्ट पारेको छ ।

केही सञ्चारमाध्यमले विषयलाई अतिरञ्जित ढङ्गले तोडमरोड गरी भ्रम सृजना गर्न खोजेको प्रति सचिवालयले आपत्ति प्रकट गर्दै सचिवालयले भ्रामक र कपोलकल्पित समाचारको पछि नलाग्न सबैमा आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया