अस्पताल भर्ना भएका पारसको एन्जियोप्लास्टीमार्फत स्टेन प्रत्यारोपण गरियो

Halesi

काठमाडौं । हृदयघात भएर नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारसको एन्जियोप्लास्टी गरिएको छ । एन्जियोप्लास्टीमार्फत मुटुको भल्व खोल्न सफल भएपछि डाक्टरहरु आशावादी बनेका छन् ।

मुटुमा समस्या देखिएपछि केहीबेर अगाडि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको हो ।उनलाई बरिष्ठ मुटुरोग विशेषज्ञ डा। यादव देव भट्ट नेतृत्वको चिकित्सक टोलीले उनको उपचार गरिरहेका छन् ।

हृदयघात भएपछि नर्भिक भर्ना भएका उनलाई एन्जियोप्लास्टी गरिएको उपचारमा सम्लग्न डाक्टर भट्टले बताए ।एन्जियोप्लास्टीपछि आईसीयूबाट सीसीयूमा सारिएको नर्भिकका मिडिया कोअर्डिनेटर आरपी मैनालीले बताए ।

‘एन्जियोप्लास्टिक गरेर स्टेन प्रत्यारोपण गर्न डाक्टरहरु सफल हुनुभएको छ, यद्यपि उहाँलाई खतरामुक्त भइसकेको भन्न मिल्दैन,’ उनले भने । पारस अहिले होसमै रहेको पनि मैनालीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया