अध्यक्ष प्रचण्ड पत्नी दाहालको स्वास्थ्यमा सुधार

Halesi

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

यही माघ ६ गतेदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा भाइरल ज्वरोको उपचार गराइरहनुभएको उहाँको स्वास्थ्यमा सुधार आएको दाहालको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज दिउँसोदेखि उहाँलाई सघन उपचार कक्षबाट सामान्य कक्षमा सारिएको छ । उपचारमा संलग्न चिकित्सक डा अशोक शर्माका अनुसार सामान्य कक्षमा २४ घण्टा निगरानी पश्चात् उहाँलाई घर फर्काउन सकिनेछ ।

तपाईको प्रतिक्रिया