विधेयकमा सहमति नभएपछि सभामुख संसदीय प्रक्रियामा अगाडि बढ्नुभएको हो- नेता भट्टराई

Halesi

सदनबाट बाहिरिने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलले विरोध गर्नुलाई नेकपा पार्टीका तर्फबाट सम्मान गरिने जनाउँदै त्यो अधिकारको रक्षा प्रतिनिधिसभाले गरेको छ भन्नुभयो । सांसद भट्टराईले आधा दशकदेखि सहमति हुन नसकेको उक्त विधेयक विभिन्न सरकारले विभिन्न कालखण्डमा बनाएको आयोगका मर्म र भावनानुसार आएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “चिकित्सा शिक्षाको सुधारका लागि आन्दोलन गर्दै आउनुभएका डा केसीको भावनालाई पनि विधेयकले कदर गरेको छ, चिकित्सा शिक्षाको क्षेत्रमा यसले क्रान्तिकारी फड्को मारेको छ, पैसा भएर पनि स्वदेशमा पढ्न नपाएका विद्यार्थीका समस्याको अन्त्य भएको छ ।”

उहाँले गिरिजाप्रसाद र सुशील कोइरालाका नामबाट स्थापित अस्पताल सञ्चालन हुने र सरकार बजेटको व्यवस्था गरेर अगाडि बढ्ने विश्वास दिलाउनुभयो । प्रा डा केसीका शतप्रतिशत माग पूरा भएको जिकिर गर्दै उहाँले उहाँलाई अनशन तोड्न आग्रह गर्नुभयो । विधेयकमा दलबीच सहमति हुन नसकेपछि सभामुख संसदीय प्रक्रियाबाट अगाडि बढ्नुभएको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया