तीन दिनदेखि विमानस्थल अवरुद्ध डोल्पा। हिमपातका कारण जुफाल विमानस्थल तीन दिनदेखि अवरुद्ध छ । हवाई मैदानमा बाक्लो हिउँ जमेकाले हवाईसेवा बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले जानकारी दिए । “मङ्गलबारदेखि हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध छ, कुनै हवाईउडान हुन सकेको छैन,” उहाँले भन्नुभयो । हवाईसेवा बन्द भएपछि दैनिक उपभोग्य सामग्रीसमेत ढुवानी गर्न सकिएको छैन । उडान नभएका कारण जुफाल विमानस्थलमा यात्रुको चाप बढेको छ । “हिउँ पग्लेपछि हवाईउडान थालिनेछ,” सिंहले भन्नुभयो । लगातारको हिमपात पछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
तीन दिनदेखि विमानस्थल अवरुद्ध
Halesi
तपाईको प्रतिक्रिया
- १. जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत
- २. बाँदरपीडित किसानद्धारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
- ३. पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध
- ४. घरविहीन विपन्न परिवारलाई नगरपालिकाले उपलब्ध गरायो भूकम्प प्रतिरोधी नयाँ घर
- ५. संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिकसहितको पार्क सङ्कटमा
- ६. अपाङ्गता भएका दुई दाजुभाइलाई घरमै पुगेर नागरिकता प्रदान


