घुस मागेको अभियोगमा प्रधानाध्यापक गिरी पक्राउ

Halesi

काठमाडौँ। नेपाल बैंक लिमिटेड श्रीपुर शाखा, वीरगञ्जबाट कृषि ऋण मिलाइदिने भन्दै घुस लिएको अभियोगमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय छिपहरमाई पर्साका प्रधानाध्यापक प्रभु गिरीलाई पक्राउ गरेको छ ।

आयोगले प्रधानाध्यापक गिरीलाई रु १२ हजार घुससहित आज विद्यालय परिसरबाट पक्राउ गरेको हो । आरोपी प्रअको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । यस्तै आयोगले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत प्रहरी हवल्दार चन्द्रा भण्डारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै आयोगले जनता माध्यमिक विद्यालय बलरा ५, सर्लाहीका माध्यमिक शिक्षक देवनारायण ठाकुरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तपाईको प्रतिक्रिया