एमाले नगर समितिको अध्यक्षमा गोपालचन्द्र आचार्य तेश्रो पटक सर्वसम्मत

Halesi Khabar
154 Shares

खोटाङ, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर कार्यसमिति अध्यक्षमा गोपालचन्द्र आचार्य सर्वसम्मत चयन हुनुभएको छ । दिक्तेलस्थित समीक्षलय हलमा मङ्गलबार सम्पन्न तेश्रो नगर अधिवेशनबाट आचार्य तेश्रो पटक अध्यक्षमा चयन हुनुभएको हो ।

६१ सदस्यीय नगर कार्यसमितिको उपाध्यक्षमा चित्रकुमार राई, सचिवमा लेखबहादुर खड्का ‘विनोद’, उप–सचिवमा भक्तकुमारी राई र उमेश राई चयन हुनुभएको छ । यस्तै, लेखा आयोगमा सोमनाथ खनालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।

नवनिर्वाचित नगर समिति तथा लेखा समितिलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश समिति सचिवालय सदस्य एवम् अलिख नेपाल महिला सङ्घका केन्द्रीय सचिव विणादेवी राईले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ । कार्यक्रममा एमाले नेता राम दंगाल, जिल्ला उपाध्यक्ष कुमार आचार्य, लेखा आयोगका प्रदेश सचिव ओमप्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया