युवा नेता माइतीराजलाई नेकपा (एकीकृत समाजवादी) खोटाङको सचिवको जिम्मेवारी

Halesi Khabar
322 Shares

खोटाङ, ५ फागुन । नेकपा (एकीकृत समाजवादी) खोटाङका युवा नेता माइतीराज राईले जिल्ला सचिवको जिम्मेवारी पाउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) खोटाङको शनिबार बसेको पूर्ण बैठकले जिल्ला उप–सचिवको भूमिकामा रहनुभएका राइलाई सचिवको जिम्मेवारी दिएको हो ।

जिल्ला सचिव राजनप्रसाद आचार्य उद्योग वाणिज्य सङ्घ खोटाङको अध्यक्षमा निर्वाचित भएपछि राईलाई सचिवको जिम्मेवारी दिइएको जिल्ला अध्यक्ष जलशेर राईले जानकारी दिनुभएको छ । युवा नेता राईले सचिवको जिम्मेवारी पाउनुभएपछि सामाजिक सञ्चालमार्फत बधाई तथा शुभकामना दिनेको ओइरो लागेको छ ।

सचिवको जिम्मेवारी पाउनुभएका राई वि.सं. २०७९ को स्थानीय तहको निर्वाचनमा केपिलासगढी गाउँपालिका प्रमुखको उम्मेदवार बन्नुभएको थियो । नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)सँगको गठबन्धनबाट उम्मेदवार बन्नुभएका राई नेपाली काँग्रेसका समिर राई पराजय हुनुभएको थियो ।

समिरले दुई हजार २४४ मत पाएर विजयी हुँदा माइतीराजले एक हजार ८०८ मत प्राप्त गर्नुभएको थियो । गठबन्धनबाट प्रमुखमा माइतीराज पराजय हुनुभएपनि उपप्रमुखमा भने, जसपाका गुरुराज राई विजयी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया