खोटाङ, कात्तिक २६ । नेकपा एमालेका खोटाङ प्रदेशसभा (ख)का उम्मेदवार रामप्रसाद दंगालले प्रदेशसभा (ख)भित्रका पाँच पालिका जोड्ने सडक कालोपत्रे गर्ने प्रतिवद्धता जनाएका छन् । शनिबार साकेला गाउँपालिकामा आयोजित बृहत चुनावीसभालाई सम्बोधन गर्दै उम्मेदवार दंगालले आसन्न निर्वाचनमा विजयी भएको खण्डमा सदरमुकाम दिक्तेलसँग जोड्नेगरी प्रदेशसभा (ख)भित्रका दक्षिण भेग बराहपोखरी गाउँपालिका हुँदै जन्तेढुंगा, खोटेहाङ, दिप्रुङ चुईचुम्मा र साकेला गाउँपालिकाको केन्द्र जोड्ने पालिका स्तरिय सडकलाई कालोपत्रे गर्ने एजेण्डा अघि सारेका हुन् । ‘दुई नम्बर क्षेत्रका पाँच वटा पालिका जोड्ने सडक हालसम्म कालोपत्र हुन सकेको छैन । यहाँका नागरिकले धेरै समस्या भोग्नु परेको छ । विजयी भएपछि यी तमाम समस्याको अन्त्य गर्नेछु,’ उम्मेदवार दंगालले भने, ‘साबिकको सदरमुकाम दिक्तेलसँग जोड्नका लागि बराहपोखरी हुँदै जन्तेढुंगा, खोटेहाङ, दिप्रुङ चुईचुम्मा र साकेला गाउँपालिकाको केन्द्र जोड्ने पालिका स्तरिय सडकलाई कालोपत्र गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
उम्मेदवार दंगालले एमालेको घोषणा–पत्र अनुसार प्रदेशसभा (ख)मा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन, रोजगारी जस्ता विषयलाई प्राथकितामा राखेर काम गर्ने बताएका छन् । दंगालले झुटो आश्वसन बाँड्दै नहिँड्न गठबन्धनका उम्मेदवारलाई आग्रह गरे । ‘जनतालाई झुटो आश्वासन दिँदै हिड्ने काम बन्द गर्नुस् । तपाईको जस्तो भाषण गर्न मलाई पनि आउछ, तर म पुग्ने कुरा मात्र बोल्ने मान्छे हुँ,’ दंगालले भने, ‘यति मात्र भन्छु, खोटाङ प्रदेशसभा (ख)का जनताले बिकासको अनुभूति हुने काम गर्छु ।’
दंगालले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई कार्यान्वयन गर्दै स्वाभिमान र राष्ट्रियता बचाउने एमालेलाई मतदान गर्न आग्रह गरेका छन् ।
प्रदेशसभा (ख)भित्रका पाँच पालिका जोड्ने सडक कालोपत्रे गर्छुः रामप्रसाद दंगाल
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- २. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ३. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- ४. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ५. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन
- ६. नयाँ वर्ष २०८३ को पहिलो दिन : पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकको भीड


