काठमाडौं, ३ कात्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार (भोलि) आदिवासी जनजातिसँग संवाद गर्ने भएका छन्।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले ओलीसँग जनजाति समुदायको अन्तरक्रिया संयोजन गर्न लागेको महासचिव पेम्बा गुरुङ भोटेले जानकारी दिए।
महासंघका सह-इन्चार्ज तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पा, महासंघका अध्यक्ष गोकुल घर्ती मगर, महासचिव पेम्बासहितले ओलीलाई भेटेर कात्तिक ४ गते जनजातिसँग संवाद कार्यक्रमको निम्ता दिएका थिए।
एमाले अध्यक्ष ओलीले कात्तिक ४ गते नै सर्वसाधारणका सुझाव सुन्न टेलिफोन संवादको समय समेत छुट्टाएका छन्। सोही दिन देशभरका आदिवासी जनजाति समुदायका अगुवा तथा जातीय संगठनका प्रतिनिधिहरूको सुझाव सुन्ने भोटेले बताए।
विभिन्न जिल्ला र जातीय घटक संगठनहरुलाई पनि ओलीसँग आदिवासी जनजातिका समस्याबारे छलफल गर्न काठमाडौं निम्त्याइएको महासंघले जनाएको छ।
ओलीसँग संवादका लागि महासंघले शुक्रवार मध्यान्ह १२ बजे आदिवासी जनजाति समुदायलाई राष्ट्रियसभा गृहमा बोलाएको छ।
एमाले अध्यक्ष ओलीले भोलि आदिवासी जनजातिसँग प्रत्यक्ष संवाद गर्ने
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- २. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ३. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- ४. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ५. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन
- ६. नयाँ वर्ष २०८३ को पहिलो दिन : पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकको भीड


