काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनमा आफ्नो पार्टी आगामी निर्वाचनको लागि १०० सिट भन्दा तल नझर्ने अडान लिएका छन् । सत्ता गठबन्धनको बैठकमा आक्रामक रुपमा प्रस्तुत हुने गरेका थापाले सत्ता गठबन्धनमा आवद्ध अन्य दलले कांग्रेससँग बार्गेनिङ गरेको भन्दै आफ्नो पार्टीले १०० सिटभन्दा एक सिट पनि तल झरेर भागबण्डा नगर्ने अडान प्रस्तुत गरेको स्रोतको दाबी छ । पछिल्लो समय गठबन्धनमा आवद्ध अन्य दलका नेताहरुले भने ६०/४० को रेसियोमा जानुपर्ने अडान लिएका छन् । तर, थापाले भने कांग्रेस कमजोर हुनेगरि गठबन्धन नगर्ने र आफूहरुसँग बार्गेनिङ गरिरहे गठबन्धन नै टुट्नसक्ने चेतावनी दिएका छन् ।सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँडमा ०७४ को सिटअनुसार गर्नेबारे सहमति हुन लागेको चर्चा छ । सत्ता गठबन्धनको महत्वपूर्ण घटक नेकपा (माओवादी केन्द्र) ले कांग्रेससँग सिटमा बार्गेनिङ गरिरहेको कांग्रेस नेताहरुको आरोप छ । यस्तो अवस्थामा थापाले अन्य दलले सिटमा बार्गेनिङ गरिरहे गठबन्धन नै टुट्नसक्ने चेतावनी दिएका हुन् ।
कांग्रेस १०० सिटभन्दा तल झर्दैन्, बार्गेनिङ गरे गठबन्धन टुट्नसक्छ : गगन थापा
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- २. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ३. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- ४. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ५. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन
- ६. नयाँ वर्ष २०८३ को पहिलो दिन : पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकको भीड


