काठमाडौं ,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् । शनिबार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् । उनले आफ्ना लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गरे । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले आफ्ना लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउन र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको बताए । उनले आफ्नो अन्तिम इनिङ पछिसम्म सम्झनेगरी देशका लागि काम गर्ने सपना बुनेको बताए । अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर प्रदेश र संघको निर्वाचनमा देशमा दोस्रो राजनीतिक शक्ति बन्ने दाबी गरे ।
प्रचण्डकाे अन्तिम पटक प्रधानमन्त्री हुने इच्छा के पूरा हाेला त ?
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- २. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ३. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- ४. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ५. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन
- ६. नयाँ वर्ष २०८३ को पहिलो दिन : पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकको भीड


