काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा भारी वद्धि गरेको छ। आइतबार राति १२ बजेदेखि लागू भएको मूल्यमा पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढेको छ। यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १९९ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ। हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ। खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको नेपाल आयल निगमले जनाएको छ। एलपी ग्याँसको मूल्य हाल प्रतिसिलिण्डर एक हजार ८ सय रूपैयाँ छ। निमगले यसअघि जेठ २६ गते पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको थियो। भारतीय आयल कर्पोरेसनले पछिल्लोपटक पठाएको मूल्य सूचीअनुसार समायोजन गरेर भाउ बढाइएको निगमले बताएको छ। निगमका अनुसार प्रतिसिलिन्डर एक हजार ८ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा पनि उसलाई ७५१.१४ रूपैयाँ घाटा छ। ग्यासको खरिद लागत २५५१.१५ रूपैयाँ छ। नयाँ मूल्यमा बेच्दा पनि १५ दिनमा दुई अर्ब ३५ करोडभन्दा धेरै घाटा हुने निगमले बताएको छ।
देउवा सरकारको उपलब्धि : पेट्रोलमा २१ र डिजेलमा २७ रूपैयाँ बढ्यो
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. डा. रोकाको प्रतिवद्धता : गाउँको विकास गर्न ग्रामीण विकास मन्त्रालय स्थापना गर्छु
- २. खोटाङका दुई स्थानीय तहले गरेनन् राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
- ३. खोटाङमा पत्रकार तथा निर्वाचन आचारसंहिता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
- ४. निर्वाचन आयोगले आजदेखि लगायो मादक पदार्थ बिक्रीवितरण र सेवनमा रोक
- ५. नाबालिका छात्रा माथि जबरजस्ती करणीको घटनाप्रति चार विद्यार्थी संगठनको ध्यानाकर्षण
- ६. नेसपाका केन्द्रीय सदस्य राईसँगै एमाले खोटाङका नेताहरु श्रम संस्कृति पार्टीमा प्रवेश


