काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गर्नुभएको छ । फोहोरी गाली गर्दै मन्त्री आलेले कुटपिट गर्नुभएको हो । अन्नपूर्ण पोस्टले सार्वजनिक गरेको अडियोअनुसार मन्त्री आलेले सुन्नै नसकिने अपशब्द पनि प्रयोग गर्नुभएको छ । अडियोमा प्रस्टै सुन्न सकिन्छ। पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो संख्यामा आफूले पठाएका व्यक्तिलाई जागिर दिन निर्देशन दिनुभएको थियो । मन्त्रीको निर्देशनअनुसार अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेको र केहीलाई लगाउने प्रक्रियामा रहेको थियो । पहिलो धम्की : फोनबाट
केही दिनअघि मन्त्री आलेले अधिकारीलाई टेलिफोन गरे। अधिकारी : हेलो। आले : हेलो। अधिकारी : हजुर मन्त्रीज्यू, नमस्कार। आले : नमस्कार। अब नगर्नुहोस् है तपाईं। पर्दैन, तपाईंले गर्न। अधिकारी : किन नि ! के गरिनँ र ? आले : घण्टा गर्ने …(अश्लील शब्द) सोमबार, सोमबार। …(अति अश्लील शब्द) गर्ने सोमबारसम्म। अधिकारी : होइन, उ… माग्नुपर्यो नि त्यो तलबाट। आले : पर्दैन, पर्दैन माग्नु। पर्दैन। अधिकारी : … यति–यति चाहियो भनेर। आले : पख, पर्दैन, पर्दैन। पर्दैन गर्नु अब। अधिकारी स् मन्त्रीज्यू, नमस्कार। आले स् मोबाइल स्विच अफ गर तेरो पहिला। स्विच अफ गर । (खत्र्याखुत्रुक आवाज आउँछ। शायद मोबाइल तानातान चल्छ।) आले स् चोर… (अति अश्लील शब्द)। के गर्छस् तैंले ? मेरो के घण्टा गर्छस तैंले ? के गर्छस ? ।।। (अति अश्लील शब्द)। (डाङडाङ डुङडुङ आवाज आउँछ, हातपात गरेको प्रस्टै थाहा हुन्छ) अस्पष्ट आवाज ः मन्त्रीज्यू नगर्नुहोस्। मन्त्रीज्यू नगर्नुहोस्। तेस्रो व्यक्तिको आवाज सुनिन्छ । मन्त्रीज्यू प्लिज।… मन्त्रीज्यू नगर्नुहोस्। आले : सेन्टरमा तान्दिन्छु भोलि। … (अति अश्लील शब्द)। अधिकारी : मिलाउँछु भनिसकेँ त। आले : तैंले के गर्छस ? अधिकारी : मैले गर्छु भनिसकेँ त अनि। भइहाल्यो त। आले : कति चोटि भन्ने : कति चोटि भन्ने ? कति चोटि भन्ने ? हँ ? भन् त ? (केही अस्पस्ट कर्याक–कर्याक आवाज आउँछ। सम्भवत : मन्त्रीले अधिकारीको शरीरमा कुनै डिभाइस छ कि भन्ने आशंकामा छामछुम गर्छन्।) जनता टाईम्सबाट
पर्यटनमन्त्री आलेको अपराधले सीमा नाघ्यो : नेपाल एयरलाइन्सका अध्यक्षमाथि मा..मू.. गर्दै कार्यकक्षमै हातपात
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. डा. रोकाको प्रतिवद्धता : गाउँको विकास गर्न ग्रामीण विकास मन्त्रालय स्थापना गर्छु
- २. खोटाङका दुई स्थानीय तहले गरेनन् राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
- ३. खोटाङमा पत्रकार तथा निर्वाचन आचारसंहिता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
- ४. निर्वाचन आयोगले आजदेखि लगायो मादक पदार्थ बिक्रीवितरण र सेवनमा रोक
- ५. नाबालिका छात्रा माथि जबरजस्ती करणीको घटनाप्रति चार विद्यार्थी संगठनको ध्यानाकर्षण
- ६. नेसपाका केन्द्रीय सदस्य राईसँगै एमाले खोटाङका नेताहरु श्रम संस्कृति पार्टीमा प्रवेश


