खोटाङ, जेठ २८ -खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा दिक्तेल बजार सरसफाई अभियान सुरु भएको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा नगरपालिकाको केन्द्र दिक्तेल बजारलाई स्वच्छ र सुन्दर बनाउन सरसफाई गर्दै अभियानको सुरुवात गरिएको हो। शनिबार बाम्राङको फेमिली केयर अस्पतालबाट रत्नपार्क हुँदै पूरानो वेसक्यामसम्म सरसफाई गरिएको छ। अब प्रत्येक महिनाको अन्तिम शनिबार दिक्तेलबजार सरसफाई गरिने नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार दिक्तेल बजार सफाई सकेपछि नगर कार्यपालिकाको अर्को बैठक बसेर वडाहरुको बजार क्षेत्रमा पनि सरसफाई अभियान सञ्चालन गरिनेछ। सरसफाई अभियानमा नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख बिसन राई, प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपाने, दिक्तेलका वडाध्यक्ष नवराज राई, सोल्माका वडाध्यक्ष धुव्रविक्रम राई, बाम्राङका वडाध्यक्ष महेन्द्र बहादुर राई, खाल्लेका वडाध्यक्ष खगेन्द्र राई, लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे, नुनथलाका वडाध्यक्ष भगेश्वर राई लगायत दिक्तेल बजारका सम्पूर्ण सरकारी, गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र टोल विकास समितिका पदाधिकारीहरु सहभागी थिए। नगरपालिकाको पहिलो कार्यपालिका बैठकले प्रत्येक महिनाको अन्तिम शनिबार दिक्तेल बजार सरसरफाई गर्ने निर्णय गरे बमोजिम सरसफाई अभियान सञ्चालन गरिएको हो।
मेयर भट्टराई आफैले बेल्चा वाेकेर फाेहाेर उठाउन थाले पछि
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. डा. रोकाको प्रतिवद्धता : गाउँको विकास गर्न ग्रामीण विकास मन्त्रालय स्थापना गर्छु
- २. खोटाङका दुई स्थानीय तहले गरेनन् राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
- ३. खोटाङमा पत्रकार तथा निर्वाचन आचारसंहिता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
- ४. निर्वाचन आयोगले आजदेखि लगायो मादक पदार्थ बिक्रीवितरण र सेवनमा रोक
- ५. नाबालिका छात्रा माथि जबरजस्ती करणीको घटनाप्रति चार विद्यार्थी संगठनको ध्यानाकर्षण
- ६. नेसपाका केन्द्रीय सदस्य राईसँगै एमाले खोटाङका नेताहरु श्रम संस्कृति पार्टीमा प्रवेश


