मेनुका लुईटेल भाेजपुर । रामप्रसादराई गाउँपालिका–४ का ७८ वर्षिय वृद्धलाई धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेकाे अभियुक्ताहरुलाई प्रहरीले पक्राउ गरेकाे छ। गत जेष्ठ २५ गते राती १०:१५ बजे तेज बहादुर भुजेलमाथि आफ्नै घरमा अज्ञात व्यक्तिहरुको समुहले धारिलो हतियार खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएकाे जिल्ला प्रहरी कार्यलय भाेजपुरका प्रहरी निरिक्षक नितेश कुमार सिंहले बताए ।
पक्राउ पर्नेहरुमा रामप्रसादराई गाउँपालिका २ बाखोरा बस्ने ४२ वर्षिया राजेन्द्र भुजेल, धोद्लेखानीका ३२ वर्षिया देउराज राई, वडा नं. ४ दलगाउँ बस्ने २४ वर्षिया पूर्ण कुमार राई र सोही स्थानमा रहँदै आएका २२ वर्षिया सरोज कटुवाल रहेका प्रहरी निरिक्षक सिंहले जानकारी दिए ।
पक्राउ परेका चारैजनालाई जिल्ला अदालत भोजपुरबाट पाँच दिनको म्याद थप गरी ज्यान मार्ने उद्योग कसुर अन्तर्गत अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
वृद्धलाई धारिलो हतियार प्रहार गरी फरार रहेका अभियुक्तहरु पक्राउ
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. रणभीम गणलाई भलिबल र बास्केट बलमा ‘बाहिनीपति ट्रफी–२०८३’को उपाधि
- २. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- ३. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ४. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- ५. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ६. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन


