काठमाडौं, २६ जेठ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच कुटाकुट भएको छ । मन्त्री श्रेष्ठको कक्षमै कुटाकुट भएको हो । सांसद यादवले आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै श्रेष्ठमाथि आक्रमण गरेका थिए । त्यसपछि श्रेष्ठले पनि प्रतिकार गरेका थिए । उनीहरुबीच कुटाकुट भएपछि सुरक्षागार्डले रामबाबुलाई समातेर निकालेका थिए । कुटाकुट हुँदा जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि मन्त्री कक्षमै थिए । उनीहरुबीचको कुटाकुटले केही समय संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमा तनाव भएको थियो । पछिल्लो समय जसपाभित्र विवाद चुलिदै गर्दा मन्त्री र सांसदबीच कुटाकुट भएको हो । मन्त्री श्रेष्ठ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई निकट हुन् । सांसद रामबाबु यादव जसपा अध्यक्ष उपेन्द्र यादवसँग नजिक छन् ।
मन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच कुटाकुट
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. रणभीम गणलाई भलिबल र बास्केट बलमा ‘बाहिनीपति ट्रफी–२०८३’को उपाधि
- २. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- ३. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ४. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- ५. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ६. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन


