काठमाडौं , नेकपा एमालेले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण दिने भएको छ । एमाले केन्द्रीय पार्टी कार्यालय सचिव भीष्म अधिकारीले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण राखिएका जानकारी दिए । उनका अनुसार एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन् । असार २ र ३ गते जनप्रतिनिधिलाई वर्तमान राजनीतिक, आर्थिक विकास, स्थानीय तहको अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिने एमालेले जनाएको छ । अभिमुखीकरण अध्यक्ष केपी शर्मा ओली र विज्ञहरुले दिने जनाइएको छ । जनप्रतिनिधिलाई अभिमुखीकरणमा सहभागी हुन महासचिव शंकर पोखरेलले पत्राचार गरेका छन् ।
एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई दुई दिन प्रशिक्षण दिने
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. रणभीम गणलाई भलिबल र बास्केट बलमा ‘बाहिनीपति ट्रफी–२०८३’को उपाधि
- २. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- ३. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ४. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- ५. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ६. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन


