काठमाडौं , परमादेशबाट बनेको देउवा सरकारमा मन्त्री बनेका विरोध खतिवडा , प्रेम आले, किसान श्रेष्ठ र रामकुमारी झाँक्रीलाई नेकपा एसले फिर्ता बोलाएको छ । मन्त्रीबाट बाहिरिँदै गर्दा उनीहरुको नाममा लाजमर्दो रेकर्ड समेत बनेको छ । विधी , पद्धती र पारदर्शीताका कुरा गरेर नथाक्ने माधव कुमार नेपालको पार्टीबाट मन्त्री बनेर बाहिरिएका खतिवडा ,झाँक्री, श्रेष्ठ र आलेको नाममा मन्त्रीबाट बाहिरिँदै गर्दा सम्पत्ती विवरण नबुझाइ बाहिरिने मन्त्रीको रेकर्ड बनेको छ । मन्त्री हुने वित्तिकै अनिवार्य रुपमा बुझाउँनु पर्ने सम्पत्ती विवरणको रेकर्ड एस पार्टीबाट मन्त्री बनेका कसैले पनि बुझाएका थिएनन् । ६ महिनामै मन्त्रीबाट फिर्ता हुन तयार छु भनेर कबुल गरेर मन्त्री बनेकाहरुलाई उक्त पार्टीले फिर्ता बोलाएको छ । बाहिरिँदै गर्दा अपारदर्शीताको दाग उनीहरु माथी लागेको छ । पहिलो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारका चार मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नै नगरी बाहिरिएका छन् । मन्त्री नियुक्त भए लगत्तै सम्पती विवरण सार्वजनिक गर्ने परम्परा तोड्दै देउवा सरकारका चार मन्त्री आफ्नो जिम्मेवारीबाट बाहिरिएका हुन् । जसअनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री रहेका छन् । यसअघि सरकारका सबै मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्दै आए पनि प्रधानमन्त्री देउवाले पटकपटक मन्त्रिमण्डल हेरफेर गर्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगरेर नयाँ रेकर्ड कायम गरेका छन् । एकीकृत समाजवादीले चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी खापुङलाई बढुवा गर्दै फुल मन्त्री बनाएर सोही मन्त्रालयको जिम्मेवार दिइएको छ । सोही पार्टीका जीवनराम श्रेष्ठ पर्यटन मन्त्रालय, मेटमणि चौधरी शहरी विकास मन्त्रालय र शेरबहादुर कुँवरले श्रम मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने भएका छन् भने बढुवा भएका खापुङको स्वास्थ्य राज्य मन्त्रीको स्थानमा हिराचन्द्र केसीले जिम्मेवारी पाएका छन् ।
नेकपा एसबाट मन्त्री भएका ४ जनाकै नाममा बन्यो यस्तो रेकर्ड ,सुन्ने लाई समेत लाजमर्दो !
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. रणभीम गणलाई भलिबल र बास्केट बलमा ‘बाहिनीपति ट्रफी–२०८३’को उपाधि
- २. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- ३. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ४. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- ५. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ६. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन


