मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान भएको भेटमा काठमाडौँ महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव ई उमेश रुपाखेतीले जानकारी दिए। यस्तै, भेटमा आगामी दिनमा बागमती प्रदेश सरकार र महानगरले परिणाममुखी सहकार्य गर्ने विषयमासमेत छलफल भएको थियो। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित शाहले आफू निर्वाचित भएसँगै विभिन्न राजनीतिक दलका शीर्ष नेता एवं विभिन्न सरकारका प्रमुखसँग भेटवार्ता गर्दै आएका छन्। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सहकार्यको प्रस्ताव गरेका थिए।
फोहोर व्यवस्थापनका लागि बालेनको दौडधुप, बाग्मतिका मुख्यमन्त्रीसगँकाे भेटमा के भयाे कुरा ?
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. रणभीम गणलाई भलिबल र बास्केट बलमा ‘बाहिनीपति ट्रफी–२०८३’को उपाधि
- २. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- ३. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ४. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- ५. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ६. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन


