भक्तपुर, जेठ २१ । स्थानीय तहको निर्वाचन लगत्तै पनि अन्य पार्टी छोडेर एमाले प्रवेश गर्ने लहर रोकिएको छैन । आज पनि अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर रामेछापको एउटा टोलै एमालेमा प्रवेश गरेको छ । एमाले रामेछाप नगरपालिका नगर कमिटीका सचिव सुन्दर घिमिरेका अनुसार वडा नं ४ को हिमगाउँ टोलका सबै घरका एकजनाका दरले एमाले प्रवेश गरेका हुन् । उनीहरु सबै काँग्रेसका क्रियाशिल सदस्य रहेको घिमिरेले बताउनुभयो । प्रवेश गर्ने सबै मगर समुदायका छन् ।उनीहरुलाई नेकपा एमालेका अध्यक्ष ओली,केन्द्रीयहरु सदस्य गीता कार्की,दुर्गा प्रसाईं र सुनिता बरालले अबिर लगाएर एमालेमा स्वागत गर्नुभएको छ । अध्यक्ष ओलीले पुष्पलाल जन्मेको जिल्लामा एमाले बाहेक अरुले चुनाव जित्नु नहुने बताउनुभयो । यसपाली अनेक तरहले गठबन्धनले चुनाव जिते पनि आउने चुनावमा यसैगरी गाउँ टोलै समाहित भएर एमालेलाई जिताउनु पर्ने अध्यक्ष ओलीले बताउनुभयो । नव पार्टी प्रवेशी मगर समुदायले अध्यक्ष ओलीसँग तीनवटा माग राखेका छन् । उनीहरुको नेतृत्व गर्दै कुमार मगरले अधयक्ष ओलीसँग तीनवटा माग राख्नुभएको हो । पहिलो गाउँमा २३ किलोमिटर सडकको भाडा ५ सय रुपैंया तिर्नुपर्दछ । त्यो भाडा घटाइदिनुहोस । दोस्रो रामेछापको हिमगाउँ मगरहरुको पुरानो थातथलो हो त्यहाँ एउटा मगर संग्राहलय बनाइदिनुहोस । तेस्रो गाउँमा फूटबल खेल्न रहर गर्ने किशोर र युवाहरु धेरै छन् । तर मैदान छैन । त्यसैले हामीलाई गाउँमा फूटबल मैदान बनाइदिनुहोस । अध्यक्ष ओलीले ति मागहरु पुरा गर्न कुनै समस्या नपर्ने बताउनुभएको छ । ‘तपाईंहरुका माग ठूला छैनन् । सबैका हितमा पनि छन् । पुरा हुन्छन्’ अध्यक्ष ओलीको भनाइ उधृत गर्दै घिमिरेले भन्नुभयो ।
कांग्रेस त्यागेर सिंगो गाउँ नै एमालेमा प्रवेश, रामेछापदेखि बालकोट आएर अध्यक्ष ओलीबाट लगाए खादा
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. रणभीम गणलाई भलिबल र बास्केट बलमा ‘बाहिनीपति ट्रफी–२०८३’को उपाधि
- २. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- ३. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ४. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- ५. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ६. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन


