धरानमा भलमान राईको सालिक अनावरण

Halesi Khabar

धरान, खोटाङका पूर्व ब्रिटिस लाहुरे तथा पूर्व जनप्रतिनिधि भलमान राईको धरानमा सालिक (प्रतिमा) स्थापना गरिएको छ। खोटाङको साबिकको निर्मलीडाडा गाबिसका पूर्वअध्यक्ष समेत रहेका राईको सालिक धरान उपमहानगरपालिका-२० स्थित ब्रिटिस गोर्खा स्मृतिपार्कमा भलमान दिलकुमारी राई प्रतिष्ठानले एक कार्यक्रम आयोजना गरी अनावरण गरिएको हाे।

भलमानको सालिकको अनावरण खोटाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा एमाले संसदिय दलका प्रमुख सचेतक विशाल भट्टराईले शनिबार एक कार्यक्रमबीच गरे। दोस्रो विश्वयुद्दमा गोर्खालीको तर्फबाट लडेर बहादुरी प्रदर्शन गरेका भलमान सामाजिक र राजनीतिमा पनि एक इमान्दार ब्यक्तिका रुपमा चिनिन्थे।

कार्यक्रममा प्रमुख सचेतक भट्टराईले समाजमा आफ्नो मूल्यवान योगदान गरेका पूर्वजहरुलाई सम्मान गर्ने सँस्कृति बसाल्न सकिए सामाजिक क्षेत्रमा लाग्ने ब्यक्तिको उच्च सम्मन हुने बताए। उनले सामाजिक र राजनीतिकरुपमा स्वच्छ छबि भएका भलमानको सालिक स्थापना गर्ने प्रतिष्ठान र उनका परिवारलाई धन्यवाद दिए।

कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष तथा भलमानका सुपुत्र हेमराजले दोस्रो विश्वयुद्द लडेर गोर्खालीको तर्फबाट  बहादुरी प्रदर्शन गरेकाले ब्रिटिस स्मृति पार्कमा बुबाको सालिक स्थापना गरिएको बताए। पार्कमा शोकमा परेका बेला दिइने सलामीसहितको भलमानको सालिक स्थापना गरिएको छ। अन्नपूर्णबाट

तपाईको प्रतिक्रिया