विराटनगर । विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा ६ जना सदस्य एमालेका निर्वाचित भएपछि एमालेको एकल बहुमत पुगेको छ । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ ।
शनिबार भएकाे कार्यपालिका निर्वाचनबाट एमालेका ६ जना निर्वाचित भएपछि २९ सदसिय कार्यपालिकाका एमालेको संख्या १६ पुगेको हाे । कार्यपालिकाको निर्वाचनमा एमालेबाट अल्पसंख्यकका उम्मेद्वार एकजना र महिला उम्मेद्वार ५ जना निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिब साह ५२ मत ल्याएर विजयी भएका हुन् । अल्पसंख्यकमा काँग्रेस उम्मेदवार प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत प्राप्त गरी पराजित भए ।
महिलातर्फ सबै (पाँचजना) एमाले उम्मेद्वार विजयी भएका छन् । एमालेका कमला श्रेष्ठ, ५५, सन्तलीदेवी विश्वास ५५, सरिता घिमिरे नेपाल ५३ ताराकुमारी राय ५३ र खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भएका छन् । काँग्रेसका पराजित उम्मेद्वारहरु अन्जु दाहाल गौतमले ४०, गायत्री थापाले ३९, रुपा देउजाले ४०, विनितासिंह ठकुरीले ४० र जसपाकी चुलियादेवि साहले ४० मत मात्रै पाए ।
कार्यपालिका निर्वाचनमा मतदाता हरेका ९७ सदस्यमध्ये ५० मत रहेको काँग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेद्वारहरु निर्वाचित भए ।
मेयर, उपमेयर, १९ वडाका वडाध्यक्ष र अहिले निर्वाचत ८ सदस्यसहितको २९ सदस्यीय महानगर कार्यपालिकामा एमालेका उपमेयर, ९ वडाध्यक्षसहति १६ जना भएका छन् । कार्यपालिकामा काँग्रेसका मेयरसहित ६ वडाध्यक्ष, स्वतन्त्रको १ वडाध्ययक्षसहित तीन, जसपाको २ वडाध्यक्ष र राप्रपाको १ वडाध्यक्ष कार्यपालिकामा हुनेछन् ।
महानगरमा एमालेले उपमेयरसहित ४३ र काँग्रेसले मेयरसहित ४० जनप्रतिनिधि जितेको थियो । यस्तै जसपाले १०, स्वतन्त्र ३ र राप्रपाको १ जना निर्वाचित भएका थिए ।
विराटनगर कार्यपालिकमा एमालेकाे एकल बहुमत, गठबन्धन पराजित
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. रणभीम गणलाई भलिबल र बास्केट बलमा ‘बाहिनीपति ट्रफी–२०८३’को उपाधि
- २. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- ३. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ४. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- ५. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ६. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन


