काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारबाट कल सेन्टर चलाउने भएको छ । महानगरपालिकाको मेयर बालेन्द्र साह बालेनले पहिलो कार्यपालिका बैठकमा एक साताभित्र कलसेन्टर चलाउने निर्णय अनुसार सोमबारबाट महानगरमा कल सेन्टर चल्ने महानगरका सूचना विभाग प्रमुख नवराज ढकालले जानकारी दिए । महानगरपालिका भित्र रहेका समस्याहरुको बारे गुनासो र सुझाव दिन मिल्ने गरी महानगरले ‘टोल फ्री’ नम्बरमा फोन गर्ने व्यवस्था सहित सोमबारबाट पहिलो चरणमा कल सेन्टर चलाउने तयारी गरेको ढकालले जानकारी दिए । उनका अनुसार कल सेन्टरमा आएका गुनासोहरु महानगरका ५० युनिटहरुमा पठाउन सकिने छ । अहिले प्रशासनिक युनिट र विभिन्न विभागहरुमा महानगरमा हुने समस्याहको गुनासो फरवार्ड हुनेछ । महानगरभित्रका सडक,ढल पूर्वाधार, बजार अनुगमन, स्वास्थ्य, शिक्षा लगायत सबै क्षेत्रमा गुनासो आउन सक्छ सोहि अनुसार महानगरका विभिन्न विभागहरुमा आएका गुनासोहरु फरवार्ड गरेर कारबाही हुन्छ, ’ ढकालले भने । सामुदायिक विद्यालयमा पनि गुनासो आउन सक्ने भएकोले अर्को चरणमा महानगर भित्रका सामुदायिक विद्यालयमा पनि कल सेन्टरको लिङ्क जोडेर तत्काल समाधान तर्फ जाने तयारी भएको ढकालले बताए । टोल फ्री नम्बर राख्ने तयारी रहेको महानगरमा ११८० नम्बरको कल सेन्टर हुने सम्भावना रहेको छ ।
काठमाडौं महानगरले गुनासो सुन्न सोमबारबाट कल सेन्टर चलाउने यस्ताे छ तयारी
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. बुइपामा प्रथम किराती राजा यलम्बरहाङको ११० फिट अग्लो प्रतिमा उद्घाटन विवादमा
- २. सशस्त्र प्रहरी बल हलेसी गुल्मको १६औँ स्थापना दिवसमा विभिन्न व्यक्तित्व सम्मानित
- ३. ‘छैटौँ सोल्मा अन्तर वडा कप २०८३’ पुरुष फूटबल प्रतियोगिताको उपाधि बाहुनिडाँडालाई
- ४. सम्झौता गरेर काम सुरु नगर्ने १९ योजनाका निर्माण कम्पनीलाई अन्तिम चेतावनी
- ५. खोटाङस्थित रणभीम गण मुडेमा ९४ जना सैनिक दीक्षित
- ६. किराती राजा यलम्बरको ११० फिट अग्लो शालिक : साकेला उँभौलीमा उद्घाटन गरिने


