काठमाडौं, १८ जेठ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेलाई जस्तै नेपाली कांग्रेसलाई पनि ठेगान लगाउने चेतावनी दिएका छन् । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निवार्चनमा निर्वाचित पार्टीका जनप्रतिनिधिका लागि आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले कांग्रेसमा पनि अहंकार र दम्भ चुलिए एमालेलाई जसरी ठेगान लगाउने चेतावनी दिएका हुन् । उनले भने,‘एमालेमा झै कांग्रेसका साथीहरुमा दम्भ र अहंकार चुलिए, माओवादी केही नी होइन् स्थानीय तहमा पनि धेरै जसो ठाउँमा ठेगान लगाइयो भनेर भनेमा एमालेलाई ठेगान लगाए जस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआवोस् भन्ने चाहन्छौं ।’ उनले कांग्रेसलाई लक्षित गर्दै अहंकारले कसैको पनि हित नगर्ने र सबै आ–आफ्नो ठाउँमा देश, जनता र राष्ट्रप्रति उत्तरदायी भएर लाग्नुपर्ने बताए । एमाले टुक्रिएर स्थानीय चुनावमा पराजित हुदाँपनि एमालेमा दम्भ देखिएको उनले बताए । प्रचण्डले भने,‘अब त एमालेले सबक सिक्यो होला भनेको त झन् ३ घण्टासम्म गाली गरेको छ, लुटेर लडाएको जस्तो हो भन्या छ, केपीले माओवादीले जस्तो कसैको वैशाखी नटेक्ने भने पनि, तिमी कसको बैशाखी टेकेर प्रधानमन्त्री भएका थियौ ? आफ्नो अनुहार हेर्न परेन ऐनामा ।’ स्थानीय तहको चुनावमा आफु कांग्रेसको धेरै तहमा ल्याउनेमा आशावादी पहिल्यै भएको बताए । ‘अब एमालेले झैं कांग्रेसले पनि अहंकार देखाउँछ की जस्तो लागेको छ । देशभरका साथीहरुले रिपोर्ट पठाइराख्नुभएको छ’–उनले भने । तर,गठबन्धन भने कायम राख्ने उनले स्पष्ट पारे । यदि कसैमा अंहकार र दम्भ आएमा त्यसविरुद्ध पनि लड्ने बताए । आफुहरु निरन्तर क्रान्तिको मार्गमा रहेको भन्दै उनले भने, ‘जो-जो आउछ । त्यसलाई ठोक्दै जानेमा परियो भन्दै त्यसकारण त्यस्तो अवस्था नआवोस भन्नेमा हामी सतर्क छौं ।’
अहंकार र दम्भ चुलिए कांग्रेसलाई ठेगान लगाउने प्रचण्डकाे चेतावनी
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. रणभीम गणलाई भलिबल र बास्केट बलमा ‘बाहिनीपति ट्रफी–२०८३’को उपाधि
- २. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- ३. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ४. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- ५. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ६. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन


