खाेटाङ, नेपाल प्रेस युनियन खोटाङले पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सञ्चालन गरेको छ। दिनरात ल्यापटप र कम्प्यूटरमा काम गर्नेक्रममा आँखामा समस्या निम्तिरहेका पत्रकारलाई लक्षित गर्दै प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा शुक्रबार निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सञ्चालन गरिएको हो। प्रेस युनियनले नेत्र ज्योति संघ दिक्तेल र आँखा उपचार केन्द्रसँगको सहकार्यमा पत्रकारका लागि निःशुल्क आँखा जाँच तथा चश्मा वितरण शिविर सञ्चालन गरेको हो। आँखा उपचार केन्द्रमा आयोजना गरिएको शिबिरमा २४ जना पत्रकारले आँखा जाँच गराएका छन्। त्यसमध्ये १३ पत्रकारलाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार चस्मा वितरण गरिएको प्रेस युनियनका अध्यक्ष उत्तम चौंलागाईले बताए।
प्रेस युनियन स्थापना दिवस, पत्रकारको आँखा जाँच तथा चस्मा वितरण
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. बुइपामा प्रथम किराती राजा यलम्बरहाङको ११० फिट अग्लो प्रतिमा उद्घाटन विवादमा
- २. सशस्त्र प्रहरी बल हलेसी गुल्मको १६औँ स्थापना दिवसमा विभिन्न व्यक्तित्व सम्मानित
- ३. ‘छैटौँ सोल्मा अन्तर वडा कप २०८३’ पुरुष फूटबल प्रतियोगिताको उपाधि बाहुनिडाँडालाई
- ४. सम्झौता गरेर काम सुरु नगर्ने १९ योजनाका निर्माण कम्पनीलाई अन्तिम चेतावनी
- ५. खोटाङस्थित रणभीम गण मुडेमा ९४ जना सैनिक दीक्षित
- ६. किराती राजा यलम्बरको ११० फिट अग्लो शालिक : साकेला उँभौलीमा उद्घाटन गरिने


