खाेटाङ, नेकपा एमाले खाेटाङले चुनाबकाे प्रतिशाेधलाई लिएर आफ्ना कार्यकर्ता माथि माओवादी नेताकै संलग्नतामा निर्घात कुटपिट भएकाे भन्दै कार्वाहिकाे माग गरेकाे छ ।
जेठ ११ गते वेलुका जालपा स्थित वाक्सिला दुमि हाेटलमा एमाले वडा कमिटी सदस्य पुर्णबहादुर राईलाइ माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष समेत रहेका टंक राईकाे टाेलिले कुटपिट गरि गम्भीर घाईते बनाएकाे भन्दै एमालेले विज्ञप्ति मार्फत कार्वाहिकाे माग गरेकाे हाे ।
एमाले अध्यक्ष रामप्रसाद दंगालले हस्ताक्षर गर्नु भएकाे विज्ञप्तिमा भनिएकाे छ याेजनाबद्द र सुनियाेजित ढंगले घटना घटाईएकाे छ , दाेशिलाई तत्काल प्रक्राउ गरि कार्वाहीकाे माग गर्दछाै । बिज्ञप्तिमा भनिएकाे छ कुटपिटमा संलग्न टंक राई, अम्बिका राई, धनिराम राई, पदम बिक र विबेक राईलाइ तत्काल प्रक्राउ गरि कार्वाहि गर्न प्रशासन समक्ष माग गर्दछाै ।
यदि घटनकाे दाेशिलाई याे या त्याे बहानामा उन्मुक्ति दिन खाेजे यसबाट उत्पन्न परिस्थितिकाे जिम्मेवार सम्बन्धित निकायले लिनु पर्ने चेताबनि बिज्ञप्तिमा उल्लेख छ ।
घाईते राईकाे उपचार जिल्ला अस्पताल दिक्तेलमा भईरहेकाे छ । घाईतेलाई थप उपचारकाे लागि काठमाडौं लानु पर्ने अबस्था रहेकाे उनका आफन्तले जनाएका छन् ।
कुटपिटमा संलग्न भएकाे भन्दै माओबादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राईलाइ कार्वाहिकाे माग
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. रणभीम गणलाई भलिबल र बास्केट बलमा ‘बाहिनीपति ट्रफी–२०८३’को उपाधि
- २. जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
- ३. श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
- ४. रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
- ५. वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- ६. कृषकको उत्पादनलाई विश्व बजारसम्म पु¥याउन दिक्तेलमा ‘रैथाने कृषि मार्ट’ सञ्चालन


