पहिलो महिला मेयरको पहिलो लोकप्रिय काम अशक्तलाई निःशुल्क स्वास्थ्य बिमा

Halesi Khabar

खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको पहिलो महिला मेयर विमला राईले अशक्तलाई निःशुल्क स्वास्थ्य बिमा गरेर आफ्नो कार्यकालको सुरुवात गर्नु भएको छ । मेयर राई निर्वाचित भए पस्चात आज कार्यभार सम्हाल्दै शारीरिक रुपमा अशक्त, एकल नागरिक र अभिभावक बिहिन बालबालिकाको लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेर कार्यकालको सुरुवात गर्नु भएको हो ।

मेयर राईले एकल महिला, एकल पुरुष, विधुवा, विधुर, ‘ख, ग र घ’ बर्गको अपांगता भएका नागरिक तथा अभिभावक विहिन बालबालिकाको निःशुल्क स्वास्य बीमा लगाएतका लोकप्रिय कार्यक्रम जिल्लामै पहिलो पटक ल्याउनु भएको छ । उहाँले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका (ग) वर्गको अपांगता भएका रमला राई र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका बिधुर दर्जीमान परियारलाई निःशुल्क स्वास्थ्य बीमाको कार्ड हस्तान्तरण गर्दै कार्यकालको सुरुवात गर्नु भयो ।

एक पटक स्वास्थ्य बीमा गरेपछि बार्षिक न्यूनतम ३ हजार ५०० रुपैयाँ तिरेर स्वास्थ्य बीमा कार्ड नवीकरण गर्ने व्यवस्था छ । तर शारीरिक रुपमा अशक्त, एकल नागरिक र अभिभावक गुमाएका बालबालिकाको स्वास्थ्य बीमाको नवीकरण नगरपालिकाकोतर्फबाट गर्ने व्यवस्था मिलाइएको नवनिर्वाचित मेयर राईले जानकारी दिनु भयो ।

 

तपाईको प्रतिक्रिया