पहिलाे कार्यकालमा चमत्कारी विकास गरेका राई दाेश्राे कार्यकालकाे लागि पनि भारिमत ल्याएर वुईपाकाे अध्यक्ष चुनिए

Halesi Khabar

खाेटाङ,अघिल्लो स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा चुनिएर कार्यकाल पूरा गर्नुभएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका दिनेश राई भारि मत ल्याएर पुन अध्यक्षमा निर्वाचित हुनु भएकाे छ  । नेकपा एमालेको तर्फबाट उम्मेदवारी बन्नु  भएका राई  ११ सय ११ मत ल्याउँदै नगरपालिकाको वडाध्यक्षमा विजयी हुनुभएको हो ।

राईको निकटतम प्रतिस्पर्धी दलीय गठबन्धनको तर्फबाट वडाध्यक्षको उम्मेदवार माओबादी केन्द्रका नारायण राईले ८ सय ८५ मत ल्याउनुभएको थियो ।

अघिल्लो कार्यकालमा भएको बिकास र बुइपालीको लागि भएको योगदानकै कारण दोश्रो कार्यकालकाे लागि जनताले मत दिएको स्थानीय उल्लेख गर्छन् । पूनः निर्वाचित वडाध्यक्षले यो अवसर फेरि पनि पूरा गर्नेमा बुइपाबासी ढुक्क भएका छन् ।

तपाईको प्रतिक्रिया