खोटाङ, ८ बैसाख । सत्तारुढ दलको चुनावी तालमेलका क्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर कांग्रेसको भागमा प¥यो । नेकपा माओवादी केन्द्रले उपमेयर लिने गठबन्धन दलको सम्झौता भएको छ । नेकपा माओवादी केन्द्रलाई आफ्नो भागमा परेको उम्मेद्वार छान्न समस्या देखिन्न तर आफ्नो मागमा परेको मेयरमा योग्य र बलियो उम्मेद्वार छान्न कांग्रेसलाई भने हम्मे परिरहेको छ ।
१५ वडा रहेको नगरपालिकामा कांग्रेसभित्र मेयरको दर्जन बढी आकांक्षी छन् । यद्यपी केही समयअघि कांग्रेसको नगर समितिले केही समयअघि तिर्थराज भट्टराईलाई सर्वसम्मत मेयरको एकल उम्मेद्वार सिफारिस गरेको भनिएको केही दिन नबित्दै पुःन आठ जनाको नाम सिफारिस गरिएको खुलेको छ । ६ बैसाखमा बसेको नगर कार्यसमितिका पदाधिकारीको बैठकले कुमार पुरी, नारायण राई (निसान), राजनसेर राई, रुद्र गिरी, रोजन राई, श्यामकुमार राई, भिषण राई र रामकुमारी राईको नाम प्रदेश क्षेत्रीय कार्य समिति (क) र (ख) का सभापति समक्ष सिफारिस गरिएको सिफारिस पत्रमा उल्लेख छ । कांग्रेस जिल्ला कार्य समिति, प्रदेश कार्य समिति र केन्द्रिय कार्य समितिलाई बोधार्थ पठाइएको सिफारिस पत्रमा कांग्रेस नगर उपसभापति अनिता राईले हस्ताक्षर गरेकी छन् ।
५ बैसाखमा बसेको नगर कार्य समितिको बैठकले भने भट्टराईको मात्र नाम सिफारिस गरेको थियो । भट्टराई कांग्रेसका जिल्ला उपसभापति हुन् । सिफारिसमा परेकामध्ये राजनसेर २०७४ सालको स्थानीय तह निर्वाचनको कांग्रेसका उम्मेद्वार थिए । उनी एमालेका दिपनारायण रिजालसँग पराजित भएका थिए । ५ बैसाखमा विधान विपरित एक जनाको मात्र नाम मेयरमा सिफारिस गरिएकाले अन्य आकांक्षीको नाम सिफारिस गर्नुपरेको नगर उपसभापति राईले बताईन् । १६ जना आकांक्षी रहेको नगरमा एक जनाको मात्र नाम सिफारिस भएपछि अन्य आकांक्षी असन्तुष्ट बनेको श्रोतले जनाएको छ ।
कांग्रेसको विधान अनुसार नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्वारीका लागि नगरपालिका कार्यसमितिले योग्यता पुगेको व्यक्तिमध्येबाट प्रमुखको लागि एक महिला सहित बढीमा तीन जना र उपप्रमुखको लागि एक महिलासहित बढीमा तीन जना सहमति हुन सकेमा सहमती अनुसार र सहमति हुन नसके बहुमतबाट निर्णय गरी सिफारिस गर्नुपर्नेमा सुरुमा विधान विपरित एक जनाको मात्र नाम सिफारिस गरिएकाले समस्या सिर्जना भएको कांग्रेस नेता रोजन राईले बताए ।
कांग्रेसलाई नगरको उम्मेद्वार टुंग्याउन सकस सिफारिस गरागर
Halesi Khabar
तपाईको प्रतिक्रिया
- १. बुइपामा प्रथम किराती राजा यलम्बरहाङको ११० फिट अग्लो प्रतिमा उद्घाटन विवादमा
- २. सशस्त्र प्रहरी बल हलेसी गुल्मको १६औँ स्थापना दिवसमा विभिन्न व्यक्तित्व सम्मानित
- ३. ‘छैटौँ सोल्मा अन्तर वडा कप २०८३’ पुरुष फूटबल प्रतियोगिताको उपाधि बाहुनिडाँडालाई
- ४. सम्झौता गरेर काम सुरु नगर्ने १९ योजनाका निर्माण कम्पनीलाई अन्तिम चेतावनी
- ५. खोटाङस्थित रणभीम गण मुडेमा ९४ जना सैनिक दीक्षित
- ६. किराती राजा यलम्बरको ११० फिट अग्लो शालिक : साकेला उँभौलीमा उद्घाटन गरिने


